Ashish KC's

blog
Showing posts with label FSU. Show all posts
Showing posts with label FSU. Show all posts
Click to zoom
धन्यवाद पत्र!

दुई दशकको निरन्तर संघर्ष पश्चात पोखरा विश्वविद्यालयमा निस्वार्थ विद्यार्थी आन्दोलनको विरासत 'स्वतन्त्र विद्यार्थी युनियन' स्थापना भएको छ। पोखरा विश्वविद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुको लागि यो एक ऐतिहासिक सफलता हो। सर्वप्रथम स्ववियु स्थापना गर्नका निमित्त नेतृत्ववादी भूमिका निर्वाह गर्ने सम्पूर्ण जिम्मेवार संघसंगठन, पोखरा विश्वविद्यालय प्रशासन र निर्वाचन गराउनैकै निमित्त सदैव अग्रपंतीमा रहेर खबरदारी गर्ने विद्यार्थी साथीहरुलाई हृदयदेखि आभार प्रकट गर्दछौ।

निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गराउन अहोरात्र खटिएर स्वच्छ र उल्लासमय वातावरण सृजना गराउन मद्दत गरिदिनुहुने निर्वाचन समिति, प्रहरी प्रशासन, पोखरा-लेखनाथ महानगरपालिका — ३० का स्थानीय वासिन्दा प्रति पनि हार्दिक नमन व्यक्त्त गर्दछौ।

विद्यार्थीको निस्वार्थ समस्या र विश्वविद्यालयको गुणस्तर वृद्धिको मुद्दामा स्ववियु कुनै पनि हालतमा लचकता नअपनाउने, सम्झौतामा नजाने प्रतिवद्वता जनाउदै फेरी पनि पोखरा विश्वविद्यालयसँग जोडिएका सम्पूर्ण पक्ष र विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त्त गर्दछौ।

स्ववियु परिवार 
पोखरा विश्वविद्यालय

मिति २०७५/०१/११ गते स्ववियुको पहिलो वैठ्क सम्पन्न भएको छ! बैठकद्वारा निम्न प्रस्तावहरु सर्वसम्मत पारित गरिएको सम्पुर्णमा जानकारी गराउदछु

१.कार्यलय व्यवस्थापनका लागि तुरुन्तै पहल गर्ने !
२.स्ववियुलाई आवश्यक सामाग्री छाप्ने !
३.parking , पिचका लागि मागपत्र प्रस्तुत गर्ने
४.पुस्तकालयमा प्रयाप्त पुस्तक राख्नका निमित्त मागपत्र प्रस्तुत गर्ने
५.इन्जिनियरिङमा सुविधायुक्त कम्प्युटर ल्याब निर्माणका निमित्त मागपत्र पेश गर्ने!
६.रङ्गरोगन , सरसफाइ , मर्मतसम्भारका निमित्त चारवटा स्कुललाई मागपत्र पेश गर्ने!
७.स्ववियु पार्क स्थापनाका लागि आवश्यक छलफल अगाडि बढाउने!
८.biometric attendance system तुरुन्तै लागू गर्नका निमित्त चारवटा स्कुललाई मागपत्र पेश गर्ने!
९.personal login password सहित चारवटा स्कुलमा तुरुन्तै wifi सुविधा उपलब्ध गराउनका निमित्त मागपत्र पेश गर्ने !
१०. seminar hall निर्माणका लागि आवश्यक छलफल अगाडि बढाउने !!
Previous PostOlder Posts Home