![]() |
Click to zoom |
धन्यवाद पत्र!
दुई दशकको निरन्तर संघर्ष पश्चात पोखरा विश्वविद्यालयमा निस्वार्थ विद्यार्थी आन्दोलनको विरासत 'स्वतन्त्र विद्यार्थी युनियन' स्थापना भएको छ। पोखरा विश्वविद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुको लागि यो एक ऐतिहासिक सफलता हो। सर्वप्रथम स्ववियु स्थापना गर्नका निमित्त नेतृत्ववादी भूमिका निर्वाह गर्ने सम्पूर्ण जिम्मेवार संघसंगठन, पोखरा विश्वविद्यालय प्रशासन र निर्वाचन गराउनैकै निमित्त सदैव अग्रपंतीमा रहेर खबरदारी गर्ने विद्यार्थी साथीहरुलाई हृदयदेखि आभार प्रकट गर्दछौ।
निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गराउन अहोरात्र खटिएर स्वच्छ र उल्लासमय वातावरण सृजना गराउन मद्दत गरिदिनुहुने निर्वाचन समिति, प्रहरी प्रशासन, पोखरा-लेखनाथ महानगरपालिका — ३० का स्थानीय वासिन्दा प्रति पनि हार्दिक नमन व्यक्त्त गर्दछौ।

विद्यार्थीको निस्वार्थ समस्या र विश्वविद्यालयको गुणस्तर वृद्धिको मुद्दामा स्ववियु कुनै पनि हालतमा लचकता नअपनाउने, सम्झौतामा नजाने प्रतिवद्वता जनाउदै फेरी पनि पोखरा विश्वविद्यालयसँग जोडिएका सम्पूर्ण पक्ष र विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त्त गर्दछौ।
स्ववियु परिवार
पोखरा विश्वविद्यालय
स्ववियु परिवार
पोखरा विश्वविद्यालय
0 comments:
Post a Comment